जापानमा कोरोना खोप लगाउन सुरु, बुधबार बिहानै टोकियोका स्वास्थ्यकर्मीहरुलाई लगाईयो

बिज्ञान प्रबिधि

दीपक गौतम /जापान । जापानमा आज देखि कोरोना खोप लगाउन सुरु गरिएको छ । अमेरिकि कम्पनिले उत्पादन गरेको उक्त्त खोप गत साता मात्रै जापान भित्रिएको थियो ।

राजाधानी टोकियोका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर औपचारिक रुपमा खोपको सुरुवाद गरिएको हो । सरकारले २ दिन अघि मात्रै १६ बर्ष पुगेका नागरिकले खोप लगाउन सक्ने मापदन्ड तयार गरी उक्त्त खोपलाई स्वीकृति दिएको थियो ।

गर्भवति महिलाहरुले पनि उक्त खोप लगाउन पाउने छैनन् । तर उनिहरुले लगाउन चाहेमा भने स्थानिय सरकारको निर्देशन अनुसार खोप लगाइने छ ।

खोप लगाएपछि टाउको दुख्ने, सामान्य ज्वरो आउने, खोप लगाएको ठाउ सुन्निने, केही थकान महसुस हुने जस्ता ‘साइड इफेक्ट’ देखिने सरकारी अधिकारीहरुले जनाएका छन् ।

खोप लगाएका ब्यक्तीहरुमा नकरात्मक असर परे नपरेको नियमित चेकजांच गरिने जापान सरकारले जनाएको छ । मार्च महिनाको मध्य सम्ममा ३७ लाख नागरिकलाई आवश्यकता अनुसार खोप उपलब्ध गराउने जापान सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *